नेभिगेशन
समाज

३७ मुद्दा परेका 'कुख्यात चोर' ३८ औँ पटक फेरि चोरी आरोपमा पक्राउ

काठमाडौँ । ३७ पटक मुद्दा परिसकेका व्यक्तिलाई प्रहरीले फेरि चोरी आरोपमा पक्राउ गरेको छ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनहुँ घर भई काठमाडौंको टेकु बस्दै आएका ३९ वर्षीय सन्तोष रानाभाट पक्राउ परेका हुन्।

Extreme Energy
citizen life

उनीमाथि पछिल्लो समय वैशाख ११ गते काठमाडौं(३१ सचेतना मार्गस्थित घरमा, वैशाख ८ गते कालोपुलस्थित घरमा, वैशाख १४ गते टोखा जागरण टोलमा चोरी गरेको आरोप छ।

घरमा कोही नभएको मौका छोपी ताला फोडेर सुन तथा चाँदीका गरगहना चोरी गरेको आरोप उनीमाथि छ।

यसरी चोरी गरेको आरोपमा प्रहरीले उनलाई टेकुबाट सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्दा उनीबाट १९१ ग्राम सुनको गहना, ६८७ ग्रामको तिलहरी र पोते, ३१७ ग्राम चाँदीको गहना, विदेशी मुद्रा, १९ वट धातुका सिक्का, ५ वटा घडी, २ वटा मोबाइल, दुईवटा खुकुरी र एउटा रड फेला परेको छ।

सन्तोषविरूद्ध २०६१ सालदेखि अहिलेसम्म अभद्र व्यवहारका २२ वटा, चोरी कसुरका १३ वटा, हातहतियार खरखजनाका एउटा र लागु औषध कसुरका एउटा मुद्दामा दर्ता भएर पक्राउ परेका छन्।

रानाभाटको हालसम्मको अपराधिक पृष्ठभूमि

१) मिति २०६१।०२।२१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२) मिति २०६१।०९।०७ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३) मिति २०६२।०५।०६ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
४) मिति २०६२।०६।१३ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
५) मिति २०६३।०२।०९ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
६) मिति २०६३।०३।२९ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
७) मिति २०६३।०४।१० गते काठमाण्डौ प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता ।
८) मिति २०६३।१०।०३ गते काठमाण्डौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
९) मिति २०६३।११।१५ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१०) मिति २०६४।०१।२१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
११) मिति २०६५।०६।०१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१२) मिति २०६५।०९।०३ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१३) मिति २०६६।०५।०२ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१४) मिति २०६६।१२।०१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१५) मिति २०६७।०५।२० गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१६) मिति २०६७।०७।२९ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१७) मिति २०६७।०९।२८ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१८) मिति २०६८।०१।०२ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
१९) मिति २०६८।०२।२४ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
२०) मिति २०६८।०७।१६ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२१) मिति २०६८।०८।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२२) मिति २०६९।०१।२७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता ।
२३) मिति २०६९।०६।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२४) मिति २०६९।०९।०८ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२५) मिति २०७०।०३।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२६) मिति २०७०।०४।०३ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
२७) मिति २०७१।०१।०२ गते प्रहरी बृत्त गौशालामा चोरी मुद्दा दर्ता ।
२८) मिति २०७१।०४।२२ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२९) मिति २०७१।१२।१२ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३०) मिति २०७२।०३।०७ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
३१)मिति २०७२।०४।२६ गते प्रहरी बृत्त जनसेवामा अभद्र मुद्दा दर्ता ।
३२) मिति २०७२।०६।११ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३३) मिति २०७३।०९।०६ गते प्रहरी बृत्त स्वयम्भुमा चोरी मुद्दा दर्ता ।
३४) मिति २०७९।०१।११ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
३५ मिति २०७९।०९।२१ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३६) मिति २०८०।०१।२४ गते प्रहरी बृत्त स्वयम्भुमा अभद्र मुद्दा दर्ता ।
३७) मिति २०८०।०५।३१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामान्य प्रशासनकाे निर्देशन: तत्काल सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्य प्रशासनकाे निर्देशन: तत्काल सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ।
इरान प्रस्तावप्रति अमेरिका कठोर

इरान प्रस्तावप्रति अमेरिका कठोर

, “हामीले सुनिश्चित गर्नुपर्छ कि कुनै पनि सम्झौताले उनीहरूलाई कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्ने बाटोमा अघि बढ्न नदियोस् ।” रुबियोले इरानको प्रस्ताव पाकिस्तानमार्फत आएको पुष्टि गर्दै...
काठमाडौँका आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारी

काठमाडौँका आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारी

शिक्षा अधिकारी नमराज ढकाल भने, “काठमाडौँ कामपाले जारी गरेको छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० बमोजिम होस्टेल सञ्चालकलाई मापदण्ड कार्यान्वयनमा प्रोत्साहन गर्ने, छात्रछात्रालाई मापदण्ड बमोजिमको सुविधा उपलब्ध गराउने, सुरक्षा र...
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट

सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट

सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवद्र्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए । उनले सरकारले अघि...