नेभिगेशन
सबै कुरा

बालकुमारी घटनामा मन्त्री ज्वाल र भण्डारीको भूमिका छानबिन गर्न राज्यव्यवस्था समितिको निर्देशन

 काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठक पछि समितिले कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडाले ‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयरमन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, निर्णय भएको बताए । 

ईपिएस भाषा परिक्षाका बारेमा श्रम मन्त्रालयको कमजोरि देखिएको छ भने पूर्वाधार मन्त्रि आक्रोशित भिडमा गएका कारण घटना भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै बताएका छन् ।
 
यस्तै समितिमा जवाफ दिदैँ सुरक्षा निकायका प्रमुखहरुले समेत मन्त्री ज्वाला रुटको ख्यालै नगरी त्यसतर्फ गएकाले घटना भएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...

भर्खरै