नेभिगेशन
अपराध

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लिइएको छ । यसैगरी, काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट लागुऔषध ट्रामाडोल २९० ट्याब्लेटसहित सोही नगरपालिका–६ नारायणटार बस्ने ३० वर्षीय अशोक लामासहित तीन जनालाई पक्राउ गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागुऔषध स्पास्मो ४९ ट्याब्लेटसहित भारत बिजनोरका ३० वर्षीय जमसेद आलम, कैलारी गाउँपालिका–५ मनिकापुरबाट चरेस जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरीलगायत दुई जनालाई पक्राउ गरिएको समाचार कक्षले जनाएको छ ।

Ncell
Extreme Energy

कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय किसन बुडालसहित आठ जना र लम्कीचुहा नगरपालिका–१ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ डेरा गरी बस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुलसहित कास्कीको पोखरा महानगरपालिका–३० बस्ने २९ वर्षीय कृष्ण आलेलाई पक्राउ गरिएको छ । यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्ता चौधरिया गाउँबाट ब्राउनुसगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सोही गाउँपालिका–३ नौवस्ता बस्ने ३३ वर्षीय इन्द्रबहादुर थारू र ४१ वर्षीय धु्रवकुमार थारूलाई पक्राउ गरिएको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही नगरपालिका–६ बस्ने २८ वर्षीय मिलन कार्की ढोली, सोही नगरपालिका–१३ बस्ने २३ वर्षीय रोहन राजवंशी, सोही नगरपालिका–९ बस्ने ३५ वर्षीय मनिष उप्रेती र झापा गाउँपालिका–४ बालुबाडी नयाँ टोलबाट ब्राउनसुगरसहित सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय समीर प्रसाईलाई पक्राउ गरिएको छ ।

यस्तै, सुनसरीको कोशी गाउँपालिका–८ चारकुनेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ बस्ने २७ वर्षीय श्यामकुमार रजकलाई पक्राउ गरिएको छ ।  यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–३ शान्तिवनबाट ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई पक्राउ गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट पनि खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सबै जना शनिबार पक्राउ परेका र उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मत कार्कीबीचको मंगलबार साँझको छलफल निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् ।
कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले २ अर्ब ११ करोड बजेट खर्च गरेको छ ।