नेभिगेशन
समाज

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

काठमाडौँ । नेपालमा चलेका ब्रान्डका नाममा भारतमा उत्पादन भएका नक्कली चुरोट नेपाल पहाडी जिल्लामा समेत भेटिन थालेका छन् । 

नेपाली ब्रान्डको नक्कल गरेर भारतमा उत्पादन गरी भन्सार छलेर नेपाल ल्याइएका नक्कली चुरोट कर्णाली तथा सुदूरपश्चिमका पहाडी गाउँमा समेत ठुलो परिमाणमा भेटिन थालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत शनिवार बझाङमा ठुलो परिमाणमा नेपाली ब्रान्डका भारतीय नक्कली चुरोट प्रहरीले बरामद गरेको छ । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार नेपालको खुकुरी चुरोट जस्तै देखिने नक्कली भारतीय चुरोट फेला परेको हो । प्रहरी अवैध चुरोटसहित कारोबारमा संलग्न दुई जना पक्राउ गरेको छ । प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–१० जिप पार्कमा सुप‍.प्र ००१ क २५५२ नम्बरको मिनि ट्रकलाई शङ्का लागेर जाँच गर्नेक्रममा झन्डै १० पेटी नक्कली चुरोट बरामद गरिएको छ ।

उक्त ट्रक शुक्लाफाँटा नगरपालिका–९ का ३२ वर्षीय पंकज चौधरीले चलाएका थिए । पक्राउ पर्नेमा चालक चौधरीसँगै ट्रक साहु बैतडी पाटन नगरपालिका–२ का २१ वर्षीय हेमराज पाण्डेय पनि रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली सामान कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि गत माघ ९ मा पनि जिल्ला प्रहरी कार्यालय गुलरियाले भन्सार छली ल्याएको नक्कली चुरोट बरामद गरेको थियो । प्रहरी टोलीले वाँसगढी नगरपालिका–१ चेपाङमा नेपालगन्जबाट सुर्खेत जाँदै गरेको गाडी चेकजाँच गर्दा भन्सार छली ल्याएको नक्कली खुकुरी चुरोट बरामद गरेको थियो । नेपाल र भारतबीचको खुला सीमा नाकाबाट चोरी पैठारी गरी नेपालका तराईका जिल्लाहरुमा बिक्री वितरण हुने गरेको थियो। 

अहिले नक्कली चुरोट पहाडसम्म पुग्न थालेको छ । 

अहिलेसम्म मुख्य गरी नेपालमा लोकप्रिय बनेका खुकुरी र शिखर ब्रान्डका चुरोट जस्तै देखिने नक्कली भारतीय चुरोटको कारोबार सीमावर्ती क्षेत्रमा बढी हुने गरेको थियो । 

साथै बल्याक चुरोट समेत नेपालमा तस्करी भएर आइरहेको पाइएको छ । चोरीबाटो हुँदै नेपालमा नक्कली चुरोट फैलिन थालेपछि नेपालमा ठुलो राजश्व तिर्ने सुर्तीजन्य उत्पादन गर्ने कम्पनीहरू मारमा परेका छन् । 

नेपाल भारत सीमा नजिकै छन् नक्कली चुरोट उत्पादन गर्ने कारखाना

नेपालमा लोकप्रिय बनेका ब्रान्डले उत्पादन गर्ने जस्तै नक्कली चुरोट उत्पादन गरी नेपालमा तस्करी गर्ने ठुलो गिरोह नेपाली सीमा नजिकै भारतमा सक्रिय छ । यही गिरोहले दुई मुलुक बिचको खुला सीमाको फाइदा उठाएर नक्कली चुरोट तस्करी गरिरहेको हो । केही वर्षअघि सूर्य नेपालको निवेदनमा भारतको मुजफरपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कारबाही समेत भएको थियो ।

नेपाली सुरक्षा निकायले भारतबाट विना भन्सार ल्याएका नक्कली चुरोट वर्षौदेखि बरामद गर्दै आएका घटनाहरुबाट पनि अवैध कार्यले निरन्तरता पाएको प्रष्ट पारेको छ । नेपाली जस्ता देखिने भारतीय नक्कली चुरोटको बिक्रि सबैभन्दा बढी मधेश प्रदेश सबै जिल्लामा हुने गरेको छ । यस्तै पश्चिमी तराई क्षेत्रमा पनि यस्ता चुरोटको कारोबार र उपभोग हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मत कार्कीबीचको मंगलबार साँझको छलफल निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् ।
कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले २ अर्ब ११ करोड बजेट खर्च गरेको छ ।