नेभिगेशन
समाज

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवा । रसुवाको धुन्चेमा प्रहरीले ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बालाई नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाईछिपाई ल्याइएको ४३६ थान भेप फेला पारेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त कन्टेनरको अगाडि क्याबिनको भागमा लुकाएर राखिएको अवस्थामा ‘ELFBAR (30K puffs)’ लेखिएका भेप बरामद भएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए।

Ncell
Extreme Energy

प्रहरीले अवैध सामग्री ओसारपसारमा संलग्न रहेको आरोपमा आमाछोदिङमो गाउँपालिका ५ घर भएका ३४ वर्षीय चालक रवीन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको ४३६ थान भेप र कन्टेनर गाडीको अनुमानित बजार मूल्य ३५ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।

पक्राउ परेका श्रेष्ठलाई बरामद सामान र सवारी साधनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।