नेभिगेशन
समाज

लापरबाहीपूर्ण सवारी चलाउने ३१ वटा सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक-पटक लापरबाहीपूर्ण सवारी साधन चलाएर कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लापरबाहीपूर्ण सवारी साधन चलाएर १५–२० पटक कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यहि महिनामात्रै ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाइएको जानकारी दिए । उनले राइडर सेवाका मोटरसाइकलहरुमा एसओएस बटन क्यामरा अनिवार्य गर्ने गरि प्रक्रिया अघि बढाइएको जानकारी दिए।

Ncell
Extreme Energy

ट्राफिक प्रहरी र आम चालक–सडक प्रयोगकर्ताबीचको गुनासोलाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीको आचरण सुधारका पनि कार्यालय अघि बढिरहेको उनले बताए।

त्यस्तै प्रमुख अधिकारीले बिभिन्न स्थानमा पार्किङ गरेर सडक अस्तव्यस्त भएकाले काठमाडौंको नयाँ बसपार्कबाट मात्रै लामो तथा मझौदा दूरीका सवारी छुट्ने व्यवस्था गरिएको जानकारी दिए। जेनजी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरुको मर्मत गर्दै ट्राफिक व्यवस्थापन र कारबाही प्रक्रियालाई थप सशक्त रूपमा अगाडि बढाउँदै अगाडि लगिएको उनले बताए।

उनले मुलुकमा हुने सवारी दुर्घटनामा सवैभन्दा बढि कारण चालकको लापरवाही देखिएको उल्लेख गरेका थिए।
ट्राफिक प्रहरी कार्यालयले आइतबार नै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।