नेभिगेशन
समाज

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

काठमाडौँ । विद्युतीय बोलपत्र(ई–बिडिङ) को सफ्टवेयर ह्याक गरेर ठेक्का हत्याएको आरोपमा  पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पक्राउ १३ जना र फरार ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सफ्टवेयर ह्याकसँगै उनीहरूले बिटक्वइन (अभौतिक मुद्रा) को पनि कारोबार गरेको भेटिएको प्रहरीको दाबी छ। विद्युतीय माध्यमबाट अनधिकृत पहुँच पु¥याई संगठित रूपमा अभौतिक मुद्राको कारोबार गरेको कसुरमा पनि सजाय माग गरिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

 दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् । 

यस्तै सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखाका कम्प्युटर अपरेटर दिवासर देउजा, बझाङका २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर घर भई सोली थुम्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्सन र शिवओम सप्लायर्सका सञ्चालक सागर कटुवाल, काठमाडौँका भाष्करराज अर्याल र गीतान्जली कन्स्ट्रक्सन दुहबीका सञ्चालक जीवनकुमार दासविरुद्ध पनि मुद्दा दायर भएको छ। भरत धामीबाहेक सबै पक्राउ परेका छन्। 

शिभांश निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहोरा, आइकन प्रालिका सञ्चालक स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशीष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौलीविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरू सबै पक्राउ परेका छन्। 

अरु फरार रहेका ९ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ। फरार रहेका व्यक्तिहरू पनि विभिन्न कम्पनीका ठेकेदार हुन्। 

मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रमिता इन्फ्रास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठ, दक्षिणकाली अल ओभर कन्ट्याक्ट एन्ड कन्स्ट्रक्सनका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका सञ्चालक कृष्णबहादुर खत्री, आशीष निर्माण सेवाका खरिद अधिकृत ज्योति सुवेदी, चपुर निर्माण सेवा र कल्पवृक्ष निर्माण सेवाका सञ्चालक सरोज दाहाल र राइजिङ पिक कन्स्ट्रक्सनका सञ्चालक सुजन अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ।

उनीहरूले अनधिकृत पहुँच पु¥याई आर्थिक प्रस्तावका कागजातहरू फेरबदल गरेको ठेक्का र ठेक्काको विवरण, सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्राप्त तथ्यगत विवरण विश्लेषण, डीएफएल परीक्षण प्रतिवेदनमा उल्लिखित व्यहोरा र प्रतिवादी दिवाकर देउजाको पोलिग्राफ समेतका आधार र प्रमाणले उनीहरूको संलग्नता पुष्टि हुने अनुसन्धानको निष्कर्ष छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमआ) को सर्भर र ईजीपी प्रणालीमा अनधिकृत पहुँच पु¥याएर ठेक्का पारिदिने तथा प्राप्त गर्ने र क्रिप्टोकरेन्सी मार्फत रकम लेनदेन गर्ने गरेको आरोप छ । 

यस्तो कार्यले बोलपत्रको गोपनीयता भंग गरेको तथा राज्यलाई समेत क्षति पुगेको दाबी छ। अन्य बोलपत्रको आर्थिक प्रस्ताव हेरेर यसरी ह्याक गर्नेले आर्थिक प्रस्ताव परिवर्तन गर्दा वास्तविक पाउनु पर्ने व्यक्तिले ठेक्का नपाउने तथा खर्च मात्रै हुने अभियोग पत्रमा उल्लेख छ। 

यस्तो कसुर गर्ने व्यक्तिलाई २ लाख रूपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। 

अभौतिक मुद्रा सम्बन्धी कारोबारको कसुरमा कसुर अनुसारको बिगो, त्यसबाट आर्जित सम्पत्ति जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना पनि हुने व्यवस्था छ। 

तर प्रतिवादीहरूको घरजग्गा, सेयर, सवारीसाधन लगायतका सम्पत्तिको विवरण भने हालसम्म प्राप्त नभएको, बैंक खाताको विवरण पनि प्राप्त नभएको अभियोग पत्रमा उल्लेख छ। 
अब उनीहरूलाई मुद्दाको फैसला हुनुपहिले थुनामै राख्ने कि थुनाबाहिर रहेर पुर्पक्ष गर्न दिने भन्ने आदेश हुनेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।