नेभिगेशन
समाज

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाका अनुसार विशेष सुराकीका आधारमा गण मुख्यालयबाट खटिएको ३५ सदस्यीय टोलीले शनिबार राति करिब ९ः०० बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडीलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो ।

Marvel
Extreme Energy

जाँचका क्रममा गाडीमा लुकाईछिपाई राखिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) तथा ओखर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र गाडीको अनुमानित बजार मूल्य करिब रु ४० लाख रहेको बताइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप तीव्र बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले बनायो वार्ता टोली

गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले बनायो वार्ता टोली

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता तथा संवाद टोली गठन गरेको छ ।
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा पार्टीको धारणा तय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएसँगै उनको कार्यकालका बाँकी दुई वर्षमा...