नेभिगेशन
समाज

टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

काठमाडौँ । टुँडिखेल लाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम धमाधम सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका ले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो। महानगरका अनुसार उक्त क्षेत्रमा जमिन सम्याएर तीन इन्च मलिलो माटो राखी ‘बरमुढा ग्रास’ दुबो रोपिनेछ। परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिनेछ। महानगरले टुँडिखेल क्षेत्रमा कुनै स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पार्दै यसलाई खुला र सार्वजनिक उपयोगकै लागि व्यवस्थित बनाइने जनाएको छ। महानगरपालिकाका अनुसार धुलो र हिलोको समस्या कम गर्दै सर्वसाधारणलाई आराम, व्यायाम, खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। निर्माण अवधिमा केही गतिविधिमा अस्थायी असर पर्न सक्ने भए पनि वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने जनाइएको छ।
तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Tudikhel_Nepal-Photo-Library17-1779597697.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Tudikhel_Nepal-Photo-Library15-1779597695.jpg

Marvel
Extreme Energy

Tudikhel_Nepal-Photo-Library16-1779597696.jpg

Tudikhel_Nepal-Photo-Library14-1779597693.jpg

Tudikhel_Nepal-Photo-Library9-1779597692.jpg

Tudikhel_Nepal-Photo-Library7-1779597691.jpg

Tudikhel_Nepal-Photo-Library6-1779597691.jpg

Tudikhel_Nepal-Photo-Library5-1779597691.jpg

Tudikhel_Nepal-Photo-Library11-1779597693.jpg

Tudikhel_Nepal-Photo-Library10-1779597692.jpg

Tudikhel_Nepal-Photo-Library1-1779597689.jpg

Tudikhel_Nepal-Photo-Library8-1779597691.jpg

Tudikhel_Nepal-Photo-Library2-1779597689.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...