नेभिगेशन
समाज

पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो। वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।
यस अभियान अन्तर्गत खोलाघर खाली गर्ने कार्य तीन मुख्य स्थानबाट एकैसाथ सुरु गरिएको छ। पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ ,पोखरा–७ र ८ को सिमाना जिरो किलोमिटरस्थित लायन्स भवन क्षेत्रदेखि वडा नं ६ तर्फ अभियानका लागि एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा काम भइरहेको महानगरले जनाएको छ। अभियानको शुभारम्भ जिरो किलोमिटरबाट महानगर प्रमुख धनराज आचार्यले गरेका छन्। उनी स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन्।

तस्बिरः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

a5e0fbab-3a3a-49f3-87a7-b8c964a68387-1779601166.jpeg

Ncell
Extreme Energy

c9861607-8246-477c-8854-7a404a34998d-1779601167.jpeg

d8343c65-0f50-4585-9f73-3428c76f7eb2-1779601167.jpeg

phirkhe-khola-1779601167.jpeg

47402afb-8d99-498e-bb7e-543f796c0ff9-1779601166.jpeg

516e22fc-a916-4c9f-b994-165ddc38483d-1779601166.jpeg

493db0f7-ed48-495c-b476-67ac9b562c67-1779601166.jpeg

047e7cbc-c2e1-4961-90c2-3e835fd37e42-1779601165.jpeg

025f177a-a0ac-42d6-91d5-55c14adeb8bb-1779601165.jpeg

0a6d9399-a232-4848-b7c1-168a1349f467-1779601165.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...