नेभिगेशन
समाज

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । जिल्ला अदालत पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंह सहित ४ जनालाई अनुपस्थित जनाई पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको अनुसन्धानका लागि वीरगंज पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता, रहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोपमा दायर मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालतले जनाएको हो । लिखित सम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ ।

Ncell
Extreme Energy

लिखित सम्बन्धिको कसुरमा मेयर राजेशमान सिंहसहित उनकी दोश्रो भनिएकी श्रीमती, उनकी छोरी र पञ्जीकरण अधिकारी समेतलाई प्रतिवादी बनाई मुद्दा दायर भएको हो । तीनैजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंहविरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाइदिएकाे र लिखतसम्बन्धी कसुरमा २/२ वटा मुद्दा दायर भएकाे छ ।

मेयर सिंहले किर्ते गरेर नागरिकता बनाइदिएको विषय २०८० साल पुसमा पत्रकार जियालाल साहले “सिधाकुरा” मार्फत खुलासा गरेका थिए । समाचार सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाए पनि मुद्दा दायर भएको थिएन । त्यसैलाई आधार बनाउँदै मेयर राजेशमान सिंहले नै पत्रकार साहविरुद्ध लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेका थिए । पत्रकार साहले विगत डेढ वर्षदेखि विभिन्न मुद्दा खेप्दै आएका छन् ।

सरकारी वकिलका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...