नेभिगेशन
समाज

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । जिल्ला अदालत पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंह सहित ४ जनालाई अनुपस्थित जनाई पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको अनुसन्धानका लागि वीरगंज पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता, रहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोपमा दायर मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालतले जनाएको हो । लिखित सम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ ।

Ncell
Extreme Energy

लिखित सम्बन्धिको कसुरमा मेयर राजेशमान सिंहसहित उनकी दोश्रो भनिएकी श्रीमती, उनकी छोरी र पञ्जीकरण अधिकारी समेतलाई प्रतिवादी बनाई मुद्दा दायर भएको हो । तीनैजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंहविरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाइदिएकाे र लिखतसम्बन्धी कसुरमा २/२ वटा मुद्दा दायर भएकाे छ ।

मेयर सिंहले किर्ते गरेर नागरिकता बनाइदिएको विषय २०८० साल पुसमा पत्रकार जियालाल साहले “सिधाकुरा” मार्फत खुलासा गरेका थिए । समाचार सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाए पनि मुद्दा दायर भएको थिएन । त्यसैलाई आधार बनाउँदै मेयर राजेशमान सिंहले नै पत्रकार साहविरुद्ध लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेका थिए । पत्रकार साहले विगत डेढ वर्षदेखि विभिन्न मुद्दा खेप्दै आएका छन् ।

सरकारी वकिलका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टनेलमा फसेको १०औ दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

टनेलमा फसेको १०औ दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

भोटेकोशी बाढीबाट त्रिशुली जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका एक जनाको जिवितै उद्धार गरिएको छ ।
बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।
अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार अन्तिम चरणमा पुगिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उद्धारस्थल पुगेका छन् ।
बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भर्खरै