नेभिगेशन
समाज

गर्मी छल्न स्वयम्भूनाथ स्तूप परिसरको पोखरीमा पौडी खेल्दै बाँदर(तस्बिरहरु)

काठमाडौँ । पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ। जेठ महिनाको दोस्रो हप्ता सुरु भएसँगै बढेको चर्को गर्मीको प्रभाव मानिससँगै पशुपंक्षीमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन्। यसैबीच, ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ। परिसरभित्र निर्माण गरिएको पोखरीमा त्यहाँ बसोबास गर्ने बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन्। तिर्खा मेट्नुका साथै शरीरलाई शीतल बनाउने उद्देश्यले बाँदरहरू पानीमा हाम फाल्ने, डुबुल्की मार्ने र पौडी खेल्ने गरिरहेका छन्। बढ्दो गर्मीसँगै स्वयम्भूका बाँदरहरूले पोखरीलाई शीतलता प्राप्त गर्ने माध्यम बनाएका छन्। गर्मी छल्न उनीहरूको यस्तो गतिविधिले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान समेत आकर्षित गरिरहेको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Monkeys-Swimming-_-1177-1779885008.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Monkeys-Swimming-_-1176-1779885006.jpg

Ncell
Extreme Energy

Monkeys-Swimming-_-1175-1779885004.jpg

Monkeys-Swimming-_-1174-1779885003.jpg

Monkeys-Swimming-_-1171-1779884996.jpg

Monkeys-Swimming-_-1170-1779884995.jpg

Monkeys-Swimming-_-1168-1779884992.jpg

Monkeys-Swimming-_-1169-1779884992.jpg

Monkeys-Swimming-_-1172-1779884999.jpg

Monkeys-Swimming-_-1173-1779885000.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।