नेभिगेशन
समाज

ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै ट्रेड युनियन कांग्रेसद्वारा प्रदर्शन

काठमाडौँ । ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौँमा प्रदर्शन गरेको छ । 

ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन काँग्रेसले बिहीबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म खवरदारी अभियानसहित प्रदर्शन गरेको हो । उनीहरुले ट्रेड युनियन अधिकार हनन गर्न पाइदैन, राष्ट्रिय श्रम आयोग गठन गर, सहकारी पीडितलाई न्याय देउ, उपदान पेन्सनमा लगाइएको कर खारेज गर, जीउन पुग्ने पारिश्रमिक कायम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताए । उनले ट्रेड युनियन अधिकारलाई विधिसम्मत ढंगले अघि बढाउन सरकारसँग छलफल गर्न आफुहरु तयार रहेको उल्लेख गरे । 

Marvel
Extreme Energy

ट्रेड युनियन क्षेत्रमा कमीकमजोरी भए त्यसलाई सुधार गर्न तयार भएपनि सरकारले एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने उनले बताए । ट्रेड युनियन खोरेजीको विषयलाई अन्तराष्ट्रिय मञ्चमा समेत उठाउने टे«ड युनियन काँग्रेसले जनाएको छ । 

trade-union-pradarsan_Sidhakura-(1)-1779949465.jpg

trade-union-pradarsan_Sidhakura-(13)-1779949464.jpg

trade-union-pradarsan_Sidhakura-(14)-1779949464.jpg

trade-union-pradarsan_Sidhakura-(11)-1779949462.jpg

trade-union-pradarsan_Sidhakura-(12)-1779949462.jpg

trade-union-pradarsan_Sidhakura-(10)-1779949461.jpg

trade-union-pradarsan_Sidhakura-(9)-1779949460.jpg

trade-union-pradarsan_Sidhakura-(7)-1779949459.jpg

trade-union-pradarsan_Sidhakura-(8)-1779949459.jpg

trade-union-pradarsan_Sidhakura-(5)-1779949457.jpg

trade-union-pradarsan_Sidhakura-(6)-1779949457.jpg

trade-union-pradarsan_Sidhakura-(4)-1779949455.jpg

trade-union-pradarsan_Sidhakura-(3)-1779949454.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...