नेभिगेशन
समाज

टुँडिखेलमा दुबो रोप्न सुरु

काठमाडौँ। राजधानीको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको 'टुँडिखेल हरियाली कार्यक्रम' अन्तर्गत दुबो रोप्ने काम सुरु गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

worker_sidhakura-1780290520.jpg

Marvel
Extreme Energy

काठमाडौं महानगरपालिका, नेपाली सेना तथा सम्बन्धित निकायहरूको समन्वयमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको हो। वर्षौंदेखि धूलो उड्ने, घाँसविहीन र केही स्थानमा उजाड देखिने टुँडिखेललाई हराभरा बनाउने अभियानअन्तर्गत दुबो रोप्ने कार्य अघि बढाइएको जनाइएको छ।

Tudhikhel2-1780290519.jpg

कार्यक्रमअन्तर्गत टुँडिखेलको विभिन्न भागमा हरियो दुबो विस्तार गरिनेछ। यसले टुँडिखेलको सौन्दर्य बढाउनुका साथै धूलो नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्न तथा सर्वसाधारणलाई स्वच्छ र रमणीय खुला स्थान उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Tudhikhel3-1780290519.jpg

सम्बन्धित निकायका अनुसार दुबो रोपिसकेपछि नियमित सिँचाइ, संरक्षण र व्यवस्थापनको काम पनि गरिनेछ। वर्षायाम सुरु हुन लागेकाले अहिलेको समय दुबो रोप्न उपयुक्त भएकाले कामलाई तीव्रता दिइएको बताइएको छ।

Tudhikhel4-1780290519.jpg

टुँडिखेल काठमाडौं उपत्यकाको प्रमुख खुला क्षेत्रका रूपमा परिचित छ। यहाँ राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक घुमफिर हुने गरेको छ। पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र खुला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

Tudhikhel5-1780290519.jpg

हरियाली कार्यक्रमअन्तर्गत सुरु गरिएको दुबो रोपण अभियानले टुँडिखेललाई थप आकर्षक, वातावरणमैत्री र नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

Tudhikhel_tudikhel-1780290518.jpg

Tudhikhel1-1780290518.jpg

majdur-1780290517.jpg

female_worker1-1780290516.jpg

female-1780290516.jpg

female_worker-1780290516.jpg

Tudhikhel-1780290517.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...