नेभिगेशन
समाज

३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित डा पप्पुकुमार पक्राउ

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको छ ।

Ncell
Extreme Energy

भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के–कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।
भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ ।