नेभिगेशन
समाज

५४ लाख बढी रकमसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ, भिजिट भिसामा मलेसिया जाँदै थिए

काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित  पक्राउ परेका छन् ।

सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । विश्वास १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र (ग्राउन्ड इक्युपमेन्ट अपरेटर)मा कार्यरत थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा उनको लगेज विमानस्थल प्रहरीद्वारा जाँच गर्दा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो ।

Marvel
Extreme Energy

प्रहरीका अनुसार अहिलेसम्म उनी २६ पटक बाह्य मुलुलक यात्रा गरेको देखिएको छ । उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा प्रहरीले फेला परेको हो । उनको साथबाट ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरिएको छ ।

police-report-notice-1780405414.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले बनायो वार्ता टोली

गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले बनायो वार्ता टोली

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता तथा संवाद टोली गठन गरेको छ ।
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा पार्टीको धारणा तय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएसँगै उनको कार्यकालका बाँकी दुई वर्षमा...