नेभिगेशन
समाज

यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको  अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको  अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मङ्गलबार २०–२५ जनाले यार्सागुम्बा सङ्कलन गरिरहेका सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

Ncell
Extreme Energy

मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले जानकारी दिए । डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले  राजस्व तिरेपछि मात्र यार्सा सङ्कलन गर्न पाइने बताए ।

अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेमा प्रतिकिलो रु ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिवटा रु ३१ पनि लाग्नेछ । डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुनेबाट वार्षिक करिब रु तीन लाख तथा काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व सङ्कलन हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

नेपालमै डिजाइन र उत्पादन गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर 'यात्री पी२' औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।