नेभिगेशन
समाज

बजेटको मुखमा २ सय विद्युतीय गाडीको भन्सार पासमा चलखेल, रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसहित ६ जनामाथि कारबाही सुरु

काठमाडौँ । भन्सारमै नआएका विद्युतीय गाडीको भन्सार पास गर्ने रसुवा भन्सारका ६ जना कर्मचारीमाथि कारबाही सुरु भएको छ ।

बजेट घोषणा पूर्व भन्सार नाकामै नआएका २ सय विद्युतीय सवारीको भन्सार पास गराएको आरोपमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सहित ६ कर्मचारीलाई अर्थमन्त्रीकाे निर्देशन पछि जिम्मेवारी मुक्त गरिएको हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित भन्सार अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्गबहादुर माझी, कम्प्युटर अधिकृत द्वय सबिना अधिकारी र प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बलले विद्युतीय सवारी आयातकर्ता कम्पनीसँग मिलाेमताे गरेकाे आशंकामा  जिम्मेवारीमुक्त गरेर छानबिन सुरु गरिएको हाे । 

Ncell
Extreme Energy

बजेट घोषणा लगत्तै विद्युतीय "गाडीमा लाग्दै आएको करका दरमा हेरफेर हुन सक्ने भएकाले आयातकर्ताको प्रलोभनमा परी कर्मचारीले गैह्र कानुनी काम गरेको आशङ्कामा उनीहरूमाथि छानबिन सुरु भएको छ," भन्सार विभाग स्राेतले सिधाकुरासँग भन्यो,"कर छली गर्ने उद्देश्य देखिएपछि उनीहरूलाई विभागमा तानिएको हाे । अब बिस्तृत अनुसन्धान हुन्छ ।"  

कर छलीको सूचनापछि अर्थ मन्त्रालयले विभागका उपसचिव सुरेन्द्र पाण्डे र शाखा अधिकृत गोविन्द  अधिकारीलाई छानबिनका लागि रसुवा पठाएको थियो । 
टोलीले प्रज्ञापनपत्र, कार्यालय अभिलेख तथा सीसीटीभी फुटेज अध्ययन गर्दा गाडीहरू भन्सार नाकामा नआइपुग्दै कागजातका आधारमा मात्र जाँच पास गरिएको पाइएको विभाग स्रोतले जनाएको छ । 

विभागको प्रारम्भिक अनुसन्धानका क्रममा जेठ १५ मा बजेट सार्वजनिक हुनुअघि भन्सार र्याडमा नै नआएका विभिन्न कम्पनीका करिब २ सय विद्युतीय गाडीको प्रज्ञापनपत्र तयार गरी आउँदै नआएका गाडीको भन्सार जाँच पास गरी कर समेत तिरिएको पाइएको छ । स्रोतका अनुसार कर तिरिएका गाडी मध्ये भन्सारको र्याडबाट भने जम्मा ५० वटा विद्युतीय गाडी मात्रै नेपाल भित्रिएका छन् । 

अहिले पनि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । भन्सारसम्बन्धी व्यवस्थाअनुसार माल वस्तु नाकामा पुगेपछि मात्र निरीक्षण गरी जाँच पास प्रक्रिया गर्नुपर्ने भएपछि भन्सार कार्यालय रसुवाका कर्मचारीले भने आयातकर्ताको स्वार्थ अनुकूल काम गरेको पाइएको छ । 

अहिले रसुवा भन्सारका तत्कालीन प्रमुख भट्टराईसहितको टोलीलाई फिर्ता बोलाएर विभागले राजेन्द्र ढुङ्गानालाई भन्सार प्रमुखको जिम्मेवारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।