नेभिगेशन
समाज

छिट्टै लुम्बिनी आउने भारतीय प्रधानमन्त्री मोदीको चाहना, मोदीले अरु के के भने ?

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिट्टै’ नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेका छन् । नेपाल भ्रमणका क्रममा लुम्बिनी पनि पुग्ने उनको योजना छ ।

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग हिजो हैदरावाद हाउसमा भएको भेटवार्तामा लामिछानेले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा मोदीले ‘आफू छिट्टै नेपाल भ्रमणमा आउन चाहेको’ जवाफ दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए । नेपाल आउँदा लुम्बिनी पनि पुग्ने मोदीको योजना छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सभापतिले नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनु भयो, मोदीले पनि छिट्टै नेपाल भ्रमण गर्न आफू तयार रहेको र लुम्बिनी पनि पुग्ने योजना रहेको बताउनुभयो’ ती नेताले सिधाकुरासँग भने ।

Ncell
Extreme Energy

भेटमा सहभागी नेताका अनुसार, करिव एक घण्टा लामो भेटवार्तामा मोदी र लामिछानेका बीचमा नेपालको राजनीति र आर्थिक विकासका बारेमा खुलेर छलफल भएको थियो । ‘नेपाल बन्छ भन्नेमा हामी विश्वस्त छौं, त्यसबाट भारतले पनि लाभ लिन सक्छ’ मोदीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

भेटमा रास्वपा सभापति लामिछानेले पछिल्ला वर्षहरुमा भारतले विकासमा जुन फड्को मार्यो, त्यसको प्रशंसा गरे । रविले भनेका थिए– भारतको आर्थिक विकासबाट खुला सीमा भएको नेपालले धेरै लाभ लिन सक्थ्यो, सकेनौं, हामी आफ्नै कारणले पछि पर्यौं, अब हामीलाई त्यो हुने छुट छैन ।’

लामिछानेले, नेपालले अब भारतसँग स्पष्टसँग साझेदारी गरेर आथिृक विकासमा लाभ लिन चाहेको र यसमा भारतले सहयोग गरोस् भन्ने चाहेको पनि बताए । ‘ विशेषगरी आइटीका क्षेत्रमा भारतले ठूला लगानी गरेको छ, यसबाट नेपालले लाभ लिन सक्छ, भारतले सहयोग गर्नुपर्यो’ रविको भनाइ थियो ।

भेटमा सहभागी ती नेताका अनुसार, भारतले ‘डेभलेपमेन्ट डिप्लोमेसीलाई स्वीकार गरेको छ, अब दुई देशका सरकारका बीचमा हुने संवादबाट त्यसको मोडालिटी तय हुने छ।’

रास्वपा सभापति रवि लामिछानेको यो भ्रमणका क्रममा भारतले नेपालका कतिपय क्षेत्रमा भारतका तर्फबाट भएका कतिपय लगानी अलपत्र परेको विषयमा ध्यानाकर्षण गराएको छ ।

‘सबै विषयलाई एउटै बास्केटमा हाल्ने काम भयो, रिभ्यु गरौं, कुन कुरा कहाँबाट अड्किएको हो पत्ता लगाऔं’ भारतीय पक्षको चासो उल्लेख गर्दै एक नेताले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।