नेभिगेशन
समाज

रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर फर्किँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको पाँच दिन लामो भ्रमण पुरा गरी आज स्वदेश फर्किँदैछन् ।

हिजो साँझ अयोध्या पुगेका लामिछाने आज अध्योध्याबाट दिल्ली हुँदै काठमाडौँ आउँदैछन् । लामिछाने अहिले साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गदै लामिछाने जेठ १८ गते नयाँ दिल्ली पुगेका थिए ।

Ncell
Extreme Energy

भारत भ्रमणका क्रममा लामिछानेले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता गरेका थिए भने सोही दिन भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे ।

हिजो नयाँ दिल्लीमा प्रवासीहरुलाई सम्बोधन गरेर लामिछाने साँझ अयोध्या पुगे । आज बिहान उनले त्यहाँस्थित राम मन्दिरको दर्शन गरे ।

नेपालमा फागुन २१ को चुनावपछि नेपालबाट भारतमा भएको यो सबैभन्दा उच्च भ्रमण हो ।

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई भारतले उच्च महत्व दिएको चर्चा भइरहेको छ ।

भ्रमणका दौरान भएका सबै भेटमा लामिछानेले दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउने र दुई देशका बीचमा विकास साझेदारी गर्ने लगायतका विषयमा छलफल गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।