नेभिगेशन
समाज

भन्सार छलीको आशंकामा नियन्त्रणमा लिई पोखरामा राखिएका  ईभी गाडी (तस्बिरहरु)

पोखरा । मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा रहेका छन्। सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको थियो । 

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो । त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा राखिएका छन् । पोखरा महानगरपालिका–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी गाडीहरू अन्य स्थानमा निगरानीसहित राखिएको जनाइएको छ । 

Marvel
Extreme Energy

घटनाबारे सरकारले छानबिन समिति गठन गरि अनुसन्धान अघि बढाएको छ। गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन्भ, होइनन् न्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो।  
तस्बिरः अर्जुन गाहा,  नेपाल फोटो लाइब्रेरी

ev-gadi-Sidhakura-(10)-1780661610.jpg

ev-gadi-Sidhakura-(11)-1780661610.jpg

ev-gadi-Sidhakura-(8)-1780661609.jpg

ev-gadi-Sidhakura-(9)-1780661609.jpg

ev-gadi-Sidhakura-(7)-1780661608.jpg

ev-gadi-Sidhakura-(6)-1780661608.jpg

ev-gadi-Sidhakura-(5)-1780661607.jpg

ev-gadi-Sidhakura-(2)-1780661606.jpg

ev-gadi-Sidhakura-(3)-1780661606.jpg

ev-gadi-Sidhakura-(14)-1780661605.jpg

ev-gadi-Sidhakura-(1)-1780661605.jpg

ev-gadi-Sidhakura-(12)-1780661604.jpg

ev-gadi-Sidhakura-(13)-1780661604.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...