नेभिगेशन
समाज

रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको पाँच दिन लामो भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन् । 
हिजो साँझ अयोध्या पुगेका लामिछाने आज अध्योध्याबाट दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गदै लामिछाने जेठ १८ गते नयाँ दिल्ली पुगेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारत भ्रमणका क्रममा लामिछानेले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता गरेका थिए भने सोही दिन भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

Marvel
Extreme Energy

त्यस्तै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे । 
हिजो नयाँ दिल्लीमा प्रवासीहरुलाई सम्बोधन गरेर लामिछाने साँझ अयोध्या पुगे । आज बिहान उनले त्यहाँस्थित राम मन्दिरको दर्शन गरे ।

नेपालमा फागुन २१ को चुनावपछि नेपालबाट भारतमा भएको यो सबैभन्दा उच्च भ्रमण हो ।

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई भारतले उच्च महत्व दिएको चर्चा भइरहेको छ ।

भ्रमणका दौरान भएका सबै भेटमा लामिछानेले दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउने र दुई देशका बीचमा विकास साझेदारी गर्ने लगायतका विषयमा छलफल गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।
भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा...
तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

तस्बिरकी लक्ष्मी मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजालाई महिला सम्मान र नारी शक्तिको महत्त्वसँग जोड्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन्...
नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

नरक चतुर्दशीमा बिहानै स्नान र यमदीप दान

कार्तिक कृष्ण चतुर्दशीका अवसरमा आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाइएको छ ।