नेभिगेशन
समाज

दिल्लीबाट फर्केपछि रविले भने– सीमाका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा अघि बढेको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सीमा समस्या समाधानका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा भएको बताएका छन् ।

भारतको पाँच दिन लामो भ्रमण सकेर आज साँझ काठमाडौं आइपुगेका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सीमा समस्या समाधानका विषयमा संवेदनशील रुपमा कुरा भइरहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने– ‘समस्या समाधानका लागि चरणहरु हुन्छ, कूटनीतिका पनि चरणहरु हुन्छन्, मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा अगाडि बढिसकेको छ ।’ उनले यस्ता विषय कूटनीतिको माध्यमबाट ‘डिप्लोम्याटिक च्यानल’लाई ‘एक्टिभ’ गराएर गराउनु पर्ने बताए । ‘यस्ता विषय ढोल बजाएर गरेर हुँदैन, डिप्लोम्याटिक च्यानललाई एक्टिभ गराएर हुन्छ, त्यो काम नेपालले गरिरहेको छ ।’

Ncell
Extreme Energy

प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद गर्नुको अर्थ छैन

सो क्रममा सभापति लामिछानेले सीमा विवादका बारेमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको टिप्पणीको अर्थ नरहेको बताए । ‘प्रधानमन्त्रीले भनेको कुरा के हो भनेर परराष्ट्र मन्त्रालयले भनिसकेको छ,  आधिकारिक रुपमा जानकारी गराइसकेपछि त्यसभन्दा बढी आधिकारिकता खोज्नुपर्ने म देख्दिनँ ।’

सभापति लामिछानेले भारत भ्रमणका क्रममा भएका सबै भेटवार्तामा दुई देशको हित र सम्बन्धलाई अझ बलियो बनाउने विषयमै छलफल भएको जानकारी दिए ।

उनले आफूले पारदर्शी रुपमा नै भारतीय नेतृत्वसँग छलफल गरेको बताउँदै सबै भेटमा दूतावासका प्रतिनिधि रहेको जानकारी दिए । ‘बैठकहरु पारदर्शी रुपमा भए, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु राखेर नै हामीले कुरा गर्यौं।’

सभापति लामिछानेले नेपालले भारतसँग कुन हिसाबले सहकार्य गर्न चाहन्छ भने आफूले लेखमार्फत नै सार्वजनिक गरेको र त्यसैका आधारमा कुरा भएको बताए । ‘मेल लेखमार्फत पनि नेपाल कस्तो किसिमको सहभागिता चाहन्छ भन्ने स्पष्ट पारेको थिएँ’ उनले भने ‘सबै भेटमा त्यससम्बन्धी स्पष्ट खाका राखेका छौं ।’ हामीले के पायौं, के ल्यायौं भन्ने कुरा भन्दा पनि हामीले सँगै के गर्न सक्छौं भन्ने मुख्य कुरा हो भन्दै लामिछानेले भने ‘हामीले मित्रराष्ट्रका रुपमा कुन लाभ लिन सक्छौं भन्ने मुख्य कुरा हो ।’

सरकार फेरबदलबारे के भने ?

सभापति लामिछानेले आफ्नो भारत भ्रमणलाई सरकार फेरबदलसँग जोडेर नहेर्न आग्रह गरे । पत्रकारले सोधेको एक प्रश्नको जवाफमा रविले भने ‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । निर्वाचन अगाडि हामीले गरेको हस्ताक्षर हेर्नुहोला ।’

सभापति लामिछानेले दिल्ली भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष नितिन नवीनलाई नेपाल भ्मणका लागि निमन्त्रणा दिएको बताउँदै उनीहरु पनि नेपाल आउन सकारात्मक रहेको जानकारी दिए ।

रास्वपा सभापति लामिछानेले दिल्ली भ्रमणका क्रममा त्यहाँ रहेका प्रवासी नेपालीहरुसँग पनि छलफल गरेको बताउँदै त्यहाँ रहेका नेपालीहरुको समस्या समाधानका लागि दूतावास लगायतका संयन्त्रलाई सक्रिय बनाउनु पर्ने बताए ।

भारत भ्रमणका ५ दिन

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गदै लामिछाने जेठ १८ गते नयाँ दिल्ली पुगेका थिए ।

भारत भ्रमणका क्रममा लामिछानेले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता गरेका थिए भने सोही दिन भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे । हिजो नयाँ दिल्लीमा प्रवासीहरुलाई सम्बोधन गरेर लामिछाने साँझ अयोध्या पुगे । आज बिहान उनले त्यहाँस्थित राम मन्दिरको दर्शन गरे । 
नेपालमा फागुन २१ को चुनावपछि नेपालबाट भारतमा भएको यो सबैभन्दा उच्च भ्रमण हो । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई भारतले उच्च महत्व दिएको चर्चा भइरहेको छ । 
भ्रमणका दौरान भएका सबै भेटमा लामिछानेले दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउने र दुई देशका बीचमा विकास साझेदारी गर्ने लगायतका विषयमा छलफल गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नायबसुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश

नायबसुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज  खड्कालाई थुनामा पठाउन आदेश गरेको हो ।
बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द थप

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द थप

वैशाख २१ गते राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका पाँचवटा माइक्रो बसका ८९ यात्रुको राति उद्धार गर्नुपरको थियो । यसको भोलिपल्टै...
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

गठित समितिको संयोजकमा इन्जिनियर डा आभाष मास्के रहनुभएको छ । समितिको सदस्यमा उमेश रुपाखेती, टीकाराम कार्की र नवीनकुमार मिश्र छन् ।
लालिगुराँस बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक

लालिगुराँस बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक

ऋण नतिरी बसेकाहरुलाई  समितिको कार्यालयमा सम्पर्क गरी यथासिघ्र ऋण चुक्ता गर्न समितिले आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने समितले बताएको छ ।