नेभिगेशन
समाज

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ।

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो भने नेपालले उक्त लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे ।

Ncell
Extreme Energy

नेपालको जितमा लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४४ रनको अविजित इनिङ खेले। यस्तै ओपनर कुशल भुर्तेलले २० रन बनाए भने रोहित पौडेलले २१ रनको अविजित इनिङ खेले।

ओमानका लागि कप्तान सुफ्यन महमुदले ३८ रन बनाउँदा अब्दुलजलिल खानले १६ तथा जुबाइर अली अकबरले २२ रन बनाए।

नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए।

त्यस्तै साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट आफ्नो नाममा गराए। 

नेपाल अब सोमबार हङकङ र मलेसियाबिच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नुपर्नेछ। 

एसियाली खेलकुदका लागि भने नेपाल यसअघि सेमिफाइनल पुग्दा नै छनोट भइसकेको छ। 

नेपालसँगै सेमिफाइनल पुगेका बाँकी तीन टोली पनि एसियाली खेलकुदका लागि छानिएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
खड्काको लचकतापछि दबाबमा इतरपक्ष

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता...
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।