नेभिगेशन
समाज

संसद्‍मा विपक्षीको अवरोधः प्रधानमन्त्रीको अभिव्यक्ति प्रधानमन्त्रीले नै सच्याउन विपक्षीको माग

काठमाडौँ । सीमाका विषयमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई विपक्षी दलहरुले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् ।

सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नासाथ विपक्षी दलका सांसदहरु उठेर अवरोध गरेका थिए । सभामुखले सबै विपक्षी दलका सांसदहरुलाई बोल्न समय दिए । तर, पनि विपक्षी दलहरुले बैठकलाई कायृसूचीमा प्रवेश गर्न दिएनन् । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि नेकपा एमालेकी संसदीय दलको उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने बताइन् ।

Ncell
Extreme Energy

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएकाले बिना शर्त फिर्ता हुनुपर्ने बताइन् । ‘यो कुनै एउटा प्रतिपक्षको विषय मात्रै होइन, यो ३ करोड नेपाली जनताको विषय हो, हामी सबैको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ। हामी एकताबद्ध भएर भूल सुधार गर्दै हाम्रा तर्फबाट सभामुख महोदयले त्यसको नेतृत्व गर्नुस्, एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरौँ। यो संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउने काम गरौँ।’

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्रीको अभिव्यक्ति अविलम्ब सच्चाइनुपर्ने बताए । 
‘सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ, प्रधानमन्त्रीले पुष्टि गर्नु पर्छ। नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ।’

उनले प्रधानमन्त्रीले सट्टा अरूले जवाफ दिएर नहुने अडान सुनाए।

आजको बैठकमा विपक्षी दलका सांसदहरुले आर्थिक विधेयकमा अर्थमन्त्रालयले गरेको करको दर हेरफेरको विषय पनि उठाए । 
एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक विधेयकका विषय नै गायव भएको बताइन् । ‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ,’ अर्यालले भनिन् ।

रास्वपा सांसद शाहीले पनि करको दर हेरफेर गर्ने काम कसरी भयो भनेर प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित

विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेष्ठ २६ गते मंगलबार बस्ने गरि समय निर्धारण गरेको संसद...
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पन्ध्र दिने सूचना जारी गरी सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सार्वजनिक जमिन खाली गर्न आग्रह गर्दै आएको सडक डिभिजन...
म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. बिनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध...
सभामुखको आग्रहः सदन सञ्चालन र संवाद सँगसँगै गरौं

सभामुखको आग्रहः सदन सञ्चालन र संवाद सँगसँगै गरौं

सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदन सञ्चालन र सदनमा उठेका विषयमा संवाद सँगसँगै गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन्।

भर्खरै