नेभिगेशन
समाज

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहनेः  अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताएका छन्।

बजेटमाथिको नीति संवाद कार्यक्रममा उनले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको आधारमा मूल्याङ्कन गर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बजेटले दशकौँदेखि अर्थतन्त्रमा रहेको संरक्षणवाद, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्र तोड्ने प्रयास गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष श्रेष्ठले बजेटका केही पक्षमा पुनर्विचार आवश्यक रहेको बताए।

Ncell
Extreme Energy

अन्तःशुल्क हटाइएको भनिए पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकाले करको वास्तविक भार नघटेको, औद्योगिक कच्चा पदार्थमा राहत पर्याप्त नभएको तथा कृषि औजारको भन्सार दर वृद्धि गरिनुले साना किसान प्रभावित हुने उनको तर्क थियो ।

उनले कर विवाद समाधानका लागि दिइएको समयसीमा विस्तार गर्न, स्टार्टअप कर्जाको पहुँच र स्पष्टता बढाउन तथा व्यवसाय दर्तादेखि बहिर्गमन सम्मका प्रक्रिया नागरिक एपमार्फत एकीकृत गर्न सरकारसँग आग्रह गरे।

अध्यक्ष श्रेष्ठले नेपालको प्रमुख चुनौती नीति निर्माणभन्दा पनि कार्यान्वयनमा रहेको उल्लेख गर्दै परियोजना कार्यान्वयनमा ढिलाइ, कमजोर खर्च क्षमता, नीतिगत अस्थिरता र अन्तर–निकाय समन्वयको अभाव अन्त्य नभएसम्म बजेटका सकारात्मक व्यवस्था अपेक्षित परिणाममा रूपान्तरण हुन नसक्ने चेतावनी दिए।

उनले सरकारको भूमिका उद्योग सञ्चालन गर्ने नभई उद्योग सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने हुनुपर्ने धारणा राख्दै निजी क्षेत्र लगानी, उद्योग विस्तार, रोजगारी सिर्जना र उच्च आयमुखी अर्थतन्त्र निर्माणको यात्रामा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। “समग्रमा हामी आशावादी छौँ, तर निजी क्षेत्र अझै पनि केही हदसम्म चिन्तित छ,” उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।