नेभिगेशन
समाज
हिमालयन रि प्रकरण

दीपक भट्ट, सुलभ अग्रवाल, शरद ओझा लगायतविरुद्ध ३ वटा अदालतमा मुद्दा दायर

काठमाडौँ । दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध ३ वटा अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको छन् । 

सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत काठमाडौंमा दुई वटा छुट्टाछुट्टै अभियोगपत्र दायर भएका छन्।

Ncell
Extreme Energy

बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरूद्ध मुद्दा दायर भएको छ।

यसमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा र मदन दाहालविरूद्ध पनि मुद्दा दायर भएको छ। बिगो पनि छुट्टाछुट्टै मागदाबी गरेको छ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका गोल्छा सहित १० जनाविरूद्ध दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँको बिगो कायम गरेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ सहित ९ जनाविरूद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो कायम छ।

त्यस्तै भृकुटी ब्रोकिङ कम्पनीका सन्दिप चाचान अग्रवाल, सुधा कर्ण र राजिब ठाकुर, शुलभ अग्रवालविरूद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँको बिगो कायम छ।

भट्टसँग दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो कायम गरिएको छ। अन्य प्रतिवादीहरूको पनि छुट्टै बिगो उल्लेख छ।

यसैगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जना प्रतिवादी छन्। यो मुद्दा पनि जिल्ला अदालतमा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण विभागले अर्को मुद्दा भट्ट र अग्रवालविरूद्ध विशेष अदालतमा दायर गरेको छ।

उच्च अदालत पाटनमा भने भट्ट, शाहिल अग्रवाल, शुलभ र शंकरलाल अग्रवालविरूद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेको छ। बैंकिङ कसुर मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ बिगो कायम गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

नेपालमै डिजाइन र उत्पादन गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर 'यात्री पी२' औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।