नेभिगेशन
समाज

हावाहुरीको कहरः ‘जसोतसो कुन्यु लगाएर खेतको धान जोगाएँ, घर पुग्दा हावाले छानो उडाइदियो’

नवलपुर । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार आएको हावाहुरीका कारण बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ ।

बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडा समेत भिजेको बताइन् । ‘पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै गर्दा एक्कासि हावाहुरीसहित पानी पर्‍यो’, उनले भनिन्, ‘खेतमा धान जसोतसो कुन्यु लगाएर घर पुगेँ, घरमा पनि हावाले टिनको छाना उडाइदियो । धन्न ज्यान जोगियो।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालका अनुसार बगुवन क्षेत्रमा करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेकाले त्यसमा क्षति पुगेको उनले बताए। 

Marvel
Extreme Energy

त्यस्तै, सिसेनी क्षेत्रमा करिब ५ बिघा क्षेत्रफलमा काटेको पचास प्रतिशत क्षती भएको छ भने पैतिस बिघामा नकाटिएको धानबाली असिनापानीका कारण प्रभावित भएको ढकालले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार मंगलबार आएको हावाहुरीका विस लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यहाँको सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १ र तल्लो ज्यामिरे ७ र पुरानो वस्तीमा २ गरी ७३ घरपरिवार प्रभावित भएका छन्। प्रभावित परिवारको घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा र अन्य सामग्रीमा समेत क्षति पुगेको छ । गाउँपालिकाले क्षतिको विवरण संकलन गर्दै आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारीमा रहेको उनले बताए ।

तस्बिरः धनु भुसाल, नेपाल फोटो लाइब्रेरी 

IMG-20260612-WA0019-1781243633.jpg

IMG-20260612-WA0006-1781243632.jpg

IMG-20260612-WA0018-1781243632.jpg

IMG-20260612-WA0012-1781243631.jpg

IMG-20260612-WA0014-1781243631.jpg

IMG-20260612-WA0021-1781243630.jpg

IMG-20260612-WA0024-1781243630.jpg

IMG-20260612-WA0017-1781243629.jpg

IMG-20260612-WA0011-1781243629.jpg

IMG-20260612-WA0013-1781243629.jpg

IMG-20260612-WA0004-1781243629.jpg

IMG-20260612-WA0008-1781243628.jpg

IMG-20260612-WA0007-1781243627.jpg

IMG-20260612-WA0009-1781243627.jpg

IMG-20260612-WA0010-1781243626.jpg

IMG-20260612-WA0022-1781243626.jpg

IMG-20260612-WA0015-1781243626.jpg

IMG-20260612-WA0023-1781243626.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...