नेभिगेशन
मुख्य समाचार

रास्वपामा बहालवाला सांसदहरु नै पराजित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रदेश अधिवेशनमा बहालवाला सांसदहरु नेतृत्वमा पुग्न असफल भएका छन् । 

रास्वपाको केन्द्रीय निर्वाचन आयोगकाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशनमा सभापति पदमा उठेका तीन जना सांसद पराजित भएका हुन् भने एकजना सांसदले उम्मेदवारी नै फिर्ता लिए । तीन मध्ये दुईजना नेतृत्वमै थिए । फेरि सभापतिमा दोहोरिन खोजेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमतीको प्रदेश सभापतिबाट प्रतिस्पर्धा गरेका निवर्तमान सभापति एवं नुवाकोट २ का प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने २ मतले पराजित भए । यहाँ काभ्रे–२ बाट निर्वाचित सांसद बदन भण्डारीले पनि उम्मेदवारी दिएकामा पछि फिर्ता लिएका थिए । सांसद लामिछानेलाई मकवानपुरका उत्सव अर्यालले ४१६ मतसहित पराजित गरेका हुन् । लामिछानेले ४१४ मत प्राप्त गरेका थिए । 

Ncell
Extreme Energy

गण्डकीको सभापतिमा निवर्तमान सभापति एवं नवलपुरबाट निर्वाचित सांसद राजन गौतम ५२ मत अन्तरले पराजित भए । प्रतिस्पर्धी नवीन त्रिपाठी २३४ मत ल्याएर सभापति निर्वाचित भए भने गौतमले १८२ मत पाएका थिए ।

लुम्बिनीको सभापतिमा सांसद मञ्जु ज्ञवाली भुसाल पराजित भएकी छिन् । उनी पहिलो चरणमै बाहिरिएकी हुन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शालिकराम घिमिरे दोस्रो चरणमा सभापति निर्वाचित भए । 

कोशीमा निवर्तमान सभापति गोमा तामाङ सरिन सभापतिमा पराजित भएपछि पार्टी नै छोडेकी छिन् । यहाँ चन्द्रबहादुर राई सभापति निर्वाचित भएका छन् । 

केन्द्रीय निर्वाचन विभाग प्रमुख भुवन केसीले चार प्रदेशको अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको जानकारी दिँदै कर्णाली र सुदूरपश्चिमको अधिवेशन भइरहेको बताए । मधेशको अधिवेशन विवादले रोकिएको र महाधिवेशनपछि हुने उनले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...