नेभिगेशन
समाज

ठेकेदारको खुट्टा भाँच्नु भन्ने अभिव्यक्तिपछि विवादमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अभिव्यक्ति अहिले चर्चामा छ । उनले ठेकेदारको खुट्टा भाँच्नु भनी दिएको अभिव्यक्तिका कारण उनको चर्को आलोचना भईरहेको छ । यद्यपी काम नगर्ने ठेकेदारको प्रवृत्तिबाट आजितहरुले भने उनको भनाइको समर्थन पनि गरिरहेका छन् । 

आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण गर्ने क्रममा मन्त्री लम्सालले भनेका थिए, ‘यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनु । त्यसलाई पनि यहाँ राख्नु । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री लम्साल बुटवलबाट सडक तथा निर्माणधिन पूर्वाधारहरुको निरीक्षण गर्दै आइतबार काठमाडौँ फर्केका थिए । आइतरबार नै भएको नागढुंगा–मुग्लिङ सडक निरीक्षणमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्का लगायत सँगै थिए ।

Ncell
Extreme Energy

सो क्रममा मन्त्री लम्सालले विजुलीको पोल नहट्दा काम हुन नसकेको र जनताले धेरै दुःख पाएको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘यिनीहरूले चाँडै भन्दा चाँडै पोल सार्न पर्‍यो । यहाँको पब्लिकले धेरै दुःख पायो। उनीहरूलाई काम गर्न लगाउन पर्‍यो राम्रोसँग ।’ 


नागढुंगा–मुग्लिन सडक योजनाका अधिकारीका अनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच विजुलीका पोल सार्नका लागि ३ वर्षअघि नै  सम्झौता भएको थियो । तर अहिलेसम्म पोल सारिएको छैन । नागढुंगा–मुग्लिन सडक योजनाको पश्चिम खण्डमा १०७  र  पूर्वी खण्डमा ८० बढी पोल सार्न बाँकी छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।