नेभिगेशन
मुख्य कुरा
सिधाकुरा फलाेअप :

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ । मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिएको सप्रमाण सिधाकुराले खुलासा गरेको थियो । 

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

CG



मंगलबार दिउँसो मेयर सिंहकै छिमेकी साबुदिन महम्मद सहाबुदिनले प्राप्त प्रमाणहरु हेर्दा मेयर सिंहले किर्ते गरेर नागरिकता दिएको देखिएकाले छानबिन गरी कारवाही गर्न माग गर्दै प्रशासन कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । 

जाहेरीमा झुठो विवरण दिई जन्मदर्ता र नागरिकता बनाएको, झुठो विवरण पेश गरी लिइएको नागरिकता र राहदानी खारेज गर्न र नागरिकता लिने तथा नक्कली बाबु बनेर नागरिकता दिलाउने मेयर सिंहलाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...