नेभिगेशन
समाज

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।

सभापति रबि लामिछानेले कोशी र मधेशका सांसदलाई बिहीबार आ आफ्नो क्षेत्र र जिल्ला गएर सामाजिक सदभाव र राष्ट्रिय एकता कायम गर्नका लागि भूमिका खेल्न भनेका थिए । उनले पछिल्लो परिस्थितिमा नागरिकसँग सम्वाद गर्न सांसदहरुलाई आफ्नो सुरक्षाको ख्याल गरी भरसक जिल्ला जान भनेका थिए । सभापतिको निर्देशनअनुसार सांसदहरु जिल्लातिर लागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महोत्तरी ३ बाट निर्वाचित सांसद दिपक साहले सुरक्षाको प्रबन्ध गरी सांसदहरु जिल्लातिर लागेको बताए । साह आफै पनि जिल्ला जाँदैछन् । अहिलेसम्म अवस्था ठिक रहेको र माहोल नभड्कियोस् भनेर पूर्वतयारीका लागि आफू क्षेत्र जान लागेको उनले बताए । 'माननीय साथीहरु आफ्नो अनुकूलता सुरक्षा हेरी गइरहनुभएको छ । नजानुभएकोले यहीबाट समन्वय गरिरहनुभएको छ । म पनि जाने तयारीमा छु । स्थिति सामान्यीकरणका लागि साथीहरुले समन्वय गरिरहनुभएको छ,' उनले भने । 

Ncell
Extreme Energy

पूर्वउपसभामुख एवं झापा २ की सांसद इन्दिरा रानामगर विहानै जनकपुर पुगेकी छिन् । विगतमा धनुषा, सिरहादेखि सप्तरीसम्म सामाजिक सेवाका लागि काम गरेकी राना आफ्नो नेटवर्कमार्फत  सम्वाद र पहल गर्न मधेश झरेकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै