नेभिगेशन
समाज

काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली

काठमाडौँ । शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली सोमबार काठमाडौँ आइपुगेको छ । टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ।

भारतमा ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरेको टोलीले युद्ध र हिंसाबाट प्रभावित विश्वमा शान्तिको सन्देश फैलाउने उद्देश्य राखेको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ बसाइका क्रममा टोलीले बौद्ध, स्वयम्भू लगायतका बौद्ध तीर्थस्थलहरूको दर्शन गर्ने तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ।

Ncell
Extreme Energy

भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले आफ्नो अन्तरमनमै शान्ति खोज्न सक्ने बताउँदै काठमाडौँबाट पनि विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको उल्लेख गरेका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Wolk-for-Peace_-1989-1781519336.jpg

Wolk-for-Peace_-1982-1781519331.jpg

Wolk-for-Peace_-1990-1781519329.jpg

Wolk-for-Peace_-1979-1781519327.jpg

Wolk-for-Peace_-1984-1781519324.jpg

Wolk-for-Peace_-1986-1781519323.jpg

Wolk-for-Peace_-1983-1781519317.jpg

Wolk-for-Peace_-1988-1781519316.jpg

Wolk-for-Peace_-1981-1781519311.jpg

Wolk-for-Peace_-1978-1781519309.jpg

Wolk-for-Peace_-1977-1781519305.jpg

Wolk-for-Peace_-1987-1781519301.jpg

Wolk-for-Peace_-1781519298.jpg

Wolk-for-Peace_-1985-1781519298.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...