नेभिगेशन
सबै कुरा

रामबहादुर बम्जनको घरबाट तीन करोड बढी रकम बरामद

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले राम बहादुर बम्जनको घरमा छापा मार्दा ३ करोड भन्दा बढी रकम प्रात गरेको छ ।  सँगै २० ओटा मोबाइल, २ ओटा ल्यापटप, दर्जन बढी पेनड्राइभ लगायतका सामग्रीहरु बरामद गरेको छ । त्यस्तै उनको साथबाट बिभिन्न देशका मुद्रहरु समेत भेटिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनले प्रहरी पुगेपछि तलाबाट हाम्फालेर भाग्ने प्रयास समेत गरेका थिए । बम्जन पक्राउको विषयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी गराउने सिआईबी प्रवक्ता नवराज अधिकारीले बताए ।  

Ncell
Extreme Energy

बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ । 

पछिल्लो समउ सिआईबीले उनलाई डेढ वर्षदेखि खोजिरहेको थियो । यसअघि प्रहरीले उनको सिन्धुलीमा रहेको आश्रममा छापा मारेपनि उपलब्धी हासिल गर्न सकेको थिएन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...