नेभिगेशन
सबै कुरा

रामबहादुर बम्जनको घरबाट तीन करोड बढी रकम बरामद

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले राम बहादुर बम्जनको घरमा छापा मार्दा ३ करोड भन्दा बढी रकम प्रात गरेको छ ।  सँगै २० ओटा मोबाइल, २ ओटा ल्यापटप, दर्जन बढी पेनड्राइभ लगायतका सामग्रीहरु बरामद गरेको छ । त्यस्तै उनको साथबाट बिभिन्न देशका मुद्रहरु समेत भेटिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनले प्रहरी पुगेपछि तलाबाट हाम्फालेर भाग्ने प्रयास समेत गरेका थिए । बम्जन पक्राउको विषयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी गराउने सिआईबी प्रवक्ता नवराज अधिकारीले बताए ।  

Ncell
Extreme Energy

बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ । 

पछिल्लो समउ सिआईबीले उनलाई डेढ वर्षदेखि खोजिरहेको थियो । यसअघि प्रहरीले उनको सिन्धुलीमा रहेको आश्रममा छापा मारेपनि उपलब्धी हासिल गर्न सकेको थिएन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।