नेभिगेशन
समाज

हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरु)

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग होइन–प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत संगम हो। ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो। ठाउँठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्। यहाँबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौँ हिमालहरू देखन पाइन्छ। विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गर्दै ह्योल्मो भूमि हेलम्बु घेर्दै ६० किलोमिटर लामो ग्रेट ट्रेल बनाउने योजनाअन्तर्गत सात किमिको काम भइसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन  शेर्पाले बताए । ‘६० किमिमध्ये ७ किमिको पदमार्ग बनाइसकेका छौं, यहाँ आउने जो कोहि दङ्ग परेर जानुहुन्छ,’ उनले भने । यो हेलम्बु गाउँपालिकाको गौरवको योजनामध्ये महत्त्वपूर्ण एक हो। बुद्धपार्कबाट पर्यटकीय ट्रेल सेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाभेग प्रसिद्ध तीर्थस्थल आमायांग्री पर्वतसँग जोडिनेछ । डुपु–भेमाथाङ, पासाङसिरी–गुफुपोखरी–जलंसा–दवालाङ्गगुफा–सेमेसिदाङ क्षेत्र पुग्नेछ । ट्रेल घुमिसक्दा यहाँको अधिकांश धार्मिकस्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी काम भैरहेको छ। समुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ।
तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Great-wall_Helambu_NPL_PCT-(8)-1781933280.JPG

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Great-wall_Helambu_NPL_PCT-(7)-1781933280.JPG

Ncell
Extreme Energy

Great-wall_Helambu_NPL_PCT-(5)-1781933278.JPG

Great-wall_Helambu_NPL_PCT-(6)-1781933278.JPG

Great-wall_Helambu_NPL_PCT-(1)-1781933273.JPG

Great-wall_Helambu_NPL_PCT-(2)-1781933273.JPG

Great-wall_Helambu_NPL_PCT-(4)-1781933276.JPG

Great-wall_Helambu_NPL_PCT-(3)-1781933276.JPG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...