नेभिगेशन
सबै कुरा

भ्रष्टाचारी ठहर भएका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

काठमाडौँ । भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई  विशेष अदालतले तीन वर्ष कैदको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उक्त फैसला सुनाएको हो । अदालतले शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि आदेश दिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जवानको तलब भत्तामा भ्रष्टाचार गरेको मुद्दामा गत पुष ११ गते शाहसहित पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको थियो । अदालतले पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र बिगो बराबर जरिवाना अशुलउपर गर्न आदेश दिएको छ।

Extreme Energy
citizen life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो । २०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको नयाँ भर्ना सुरु भएको थियो ।

पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाउँबाट तलबभत्ता खानेगरी उनीहरूको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरूले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

१०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार र नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ लाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप पत्र अदालतमा दायर गरेको थियो ।

दोषी ठहर भएका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । शाह र सई पनेरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ ।

शाह साहित्यकार समेत हुन् । उनले लेखेको कथासंग्रह ‘छापामारको छोरो’ ले २०६३ सालको मदन पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त...
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...