नेभिगेशन
समाज

सोमबारभित्र ठाउँ खाली गर्न भनेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरका सुकुम्बासी आक्रोशित (तस्बिरहरु)

काठमाडौँ । कीर्तिपरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको सुकुम्बासी हरुलाई सोमबार भित्र ठाउँ खाली गर्न भनिएपछि त्यहाँ बसोबास गर्दै आइरहेका सुकुम्बासी आक्रोशित भएका छन्। एक सुचना जारी गर्दै ठाउँ खाली गर्न आग्रह गरेपछि उनीहरु आक्रोशित बनेका हुन्। उक्त सेन्टरमा बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरुलाई आफ्नो बैंक खाताको विवरण माग गरेको पनि छ । तर उनीहरुले सरकारले उपलब्ध गराउँने राहात नलिने भन्दै बैंक खाता हालसम्म उपलब्ध गराएका छैनन् । भने सरकारले उपलब्ध गराउँने भनेको २५ हजार रुपैयाँ पहिलो राहात बाफता रकम नलिने अडानमा उनीहरु छन्।  सरकारले ब्याबस्थित बसोबासमा राख्न न सक्ने भएर हटाउनको लागी बैंक विवरण मागेको उनीहरुको बुझाइ छ । त्यस्तै सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका छन। सुकुमवासीहरुले सरकारको यो शैलीमा असन्तुष्टि जनाउँदै किर्तिपुरस्थित होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार’ पत्र टाँस गरेका छन् । उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ नदेखाइ जबरजस्ती निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् । सुकुम्बासीले पाँच बुदामा आफ्ना माग प्रस्तुत गरेका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Squatter_holding-center_NPL-(11)-1782386935.jpeg

Ncell
Extreme Energy

Squatter_holding-center_NPL-(7)-1782386934.jpeg

Squatter_holding-center_NPL-(8)-1782386934.jpeg

Squatter_holding-center_NPL-(9)-1782386934.jpeg

Squatter_holding-center_NPL-(5)-1782386933.jpeg

Squatter_holding-center_NPL-(1)-1782386932.jpeg

Squatter_holding-center_NPL-(2)-1782386932.jpeg

Squatter_holding-center_NPL-(6)-1782386933.jpeg

Squatter_holding-center_NPL-(10)-1782386934.jpeg

Squatter_holding-center_NPL-(3)-1782386933.jpeg

Squatter_holding-center_NPL-(4)-1782386933.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...