नेभिगेशन
सबै कुरा

रामबहादुर बम्जनलाई थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश (आदेशसहित)

हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको एकल इजलाशबाट यस्तो आदेश भएको अदालतका श्रेस्तेदार सदन अधिकारीले सिधाकुरालाई जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार साँझ काठमाडौंमा पक्राउ परेका बम्जनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो । अदालतमा सरकारी वकिलका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेका थिए ।   

Ncell
Extreme Energy

बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार ५ सय नगद, ३० लाख ९२ हजार ६ सय १७ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि फेला परेको थियो । 

साथै उनको निवासबाट प्रहरीले एउटा गाडी, एउटा गाडीको साँचो, ४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ, १ वटा भोइस रेकर्डर २ वटा मेमोरीकार्ड प्रहरीले नियन्त्रणमा लिएको छ । 

२०७५ भदौमा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकी थिइन् । केही समयपछि उनले उनले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यसपछि बम्जनको खोजी सुरु भएको थियो । 

बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...