नेभिगेशन
सबै कुरा

रामबहादुर बम्जनलाई थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश (आदेशसहित)

हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको एकल इजलाशबाट यस्तो आदेश भएको अदालतका श्रेस्तेदार सदन अधिकारीले सिधाकुरालाई जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार साँझ काठमाडौंमा पक्राउ परेका बम्जनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो । अदालतमा सरकारी वकिलका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेका थिए ।   

Ncell
Extreme Energy

बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार ५ सय नगद, ३० लाख ९२ हजार ६ सय १७ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि फेला परेको थियो । 

साथै उनको निवासबाट प्रहरीले एउटा गाडी, एउटा गाडीको साँचो, ४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ, १ वटा भोइस रेकर्डर २ वटा मेमोरीकार्ड प्रहरीले नियन्त्रणमा लिएको छ । 

२०७५ भदौमा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकी थिइन् । केही समयपछि उनले उनले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यसपछि बम्जनको खोजी सुरु भएको थियो । 

बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।