नेभिगेशन
सबै कुरा

रामबहादुर बम्जनलाई महोत्तरी कारागारमा राखिने

जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रामबहादुर बम्जनलाई महोत्तरी कारागार पुर्याइएको छ । अब उनलाई सोही कारगारमा राखिने भएको छ । बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको थियो । 

मंगलबार साँझ काठमाडौंमा पक्राउ परेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो । अदालतमा सरकारी वकिलका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेका थिए ।   

Global Ime Bank

बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार ५ सय नगद, ३० लाख ९२ हजार ६ सय १७ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि फेला परेको थियो । 

साथै उनको निवासबाट प्रहरीले एउटा गाडी, एउटा गाडीको साँचो, ४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ, १ वटा भोइस रेकर्डर २ वटा मेमोरीकार्ड प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।

भर्खरै