नेभिगेशन
सबै कुरा

रामबहादुर बम्जनलाई महोत्तरी कारागारमा राखिने

जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रामबहादुर बम्जनलाई महोत्तरी कारागार पुर्याइएको छ । अब उनलाई सोही कारगारमा राखिने भएको छ । बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार साँझ काठमाडौंमा पक्राउ परेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो । अदालतमा सरकारी वकिलका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेका थिए ।   

Extreme Energy
citizen life

बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनको घरबाट प्रहरीले ३ करोड ३ लाख ७५ हजार ५ सय नगद, ३० लाख ९२ हजार ६ सय १७ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि फेला परेको थियो । 

साथै उनको निवासबाट प्रहरीले एउटा गाडी, एउटा गाडीको साँचो, ४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ, १ वटा भोइस रेकर्डर २ वटा मेमोरीकार्ड प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त...
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...

भर्खरै