नेभिगेशन
समाज

नक्कली औषधि भेटिएपछि एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

काठमाडौँ । सेरोफ्लो रोटक्याप्स नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो।

औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क बालाजु क्षेत्रमा १४ वटा र बनेपामा ८ वटा गरी जम्मा ६६ वटा फार्मेसीको अनुगमन निरीक्षण गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटक्याप्स नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Marvel
Extreme Energy

अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री वितरण गरिरहेका तथा सरसफाइ र मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौंमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागका अनुसार बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ। यसबाट सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि प्राप्त गर्न सहज हुने तथा अवैध औषधि कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नक्कली औषधि बजारमा बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएपछि अनुगमन सुरू गरिएको हो। विभागले उक्त नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया समेत अघि बढाएको जनाएको छ।

साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न र कुनै शंका लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...