नेभिगेशन
मुख्य समाचार

रास्वपा नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ भोलि ११ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ भोलि बुधबार हुने भएको छ ।

बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय शपथ हुने महामन्त्री विपीन आचार्यले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको प्रथम महाधिवेशनबाट पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

Marvel
Extreme Energy

सभापति रबि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगीलाई निर्वाचन आयोग प्रमुख भुवन केसीले शपथ गराइसकेका छन् । 
अब ९९ जना केन्द्रीय सदस्यले पार्टी सभापति रबि लामिछानेबाट पद तथा गोपनियताको शपथ लिनेछन् । 

महामन्त्री विपीन आचार्यकाअनुसार शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ । 

बैठकमा सभापति लामिछानेले मनोनीत गर्ने केन्द्रीय सदस्यको प्रस्ताव गर्न सक्नेछन् । रास्वपाको विधानअनुसार सभापति लामिछानेले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । 

केन्द्रीय सदस्य मनोनीत गरेपछि पदाधिकारी मनोनीत हुनेछ । सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्री २, कोषाध्यक्ष, सहकोषाध्यक्ष २, प्रवक्ता र सहप्रवक्ता ३ मनोनीत गर्ने विधानको व्यवस्था छ । पदाधिकारी मनोनीत गर्दा चार जना महिला र दुई जना समावेशी समूहबाट मनोनीत गर्ने व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...