नेभिगेशन
समाज

बन्द भयो काठमाडौँ आउन मेलम्चीको पानी

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आउन बन्द भएको छ । वर्षातका कारण मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ ल्याइएको पानी बन्द गरिएको हो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह  हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘वर्षाले बाँध क्षेत्रमा पानी धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ ।’

Ncell
Extreme Energy

२०७८ असार १, साउन १६ र १७ गते गएको भेलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र बगरमा परिणत गरेको थियो। सुरुङलगायत संरचनामा क्षति पर्याएपछि काठमाडौँमा अस्थायीरुपमा पानी ल्याइएको थियो ।

हाल बाँध क्षेत्रमा रहेको डाइभर्सन सुरुङ मार्फत हिउँद याममा मात्र पानी पथान्तरण गर्ने गरिएको छ । वर्षामा नदीको सतह बढ्नासाथ आयोजनाले सुरुङ बन्द गर्ने गरेको छ ।

मेलम्चीको पानी बन्द भएपछि काठमाडौँ उपत्याकाको खानेपानीको माग बागमती नदी लगायत उपत्यकाका आसपासका मुहानबाट धान्ने गरिएको छ । गत वर्ष बागमतीको मुहान क्षेत्रमा रहेको धाप ड्याममा संकलन गरिएको पानी नागमतीमा बगाएर पनि व्यवस्थापन गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।