नेभिगेशन
समाज

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

काठमाडौँ । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको  छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ । जयनगर–बर्दिबास ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ ।

Ncell
Extreme Energy

यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी सुरु गरेको छ । विभिन्न स्थानमा रेल्वेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताए।

जयनगर–बर्दिबास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो । यो ब्रोडगेज रेलमार्ग नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन । यो परियोजनाले दुई देशबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना...
देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।
संसद् मन्त्रीले सांसद  थर्काउने थलो होइनः युवराज दुलाल

संसद् मन्त्रीले सांसद थर्काउने थलो होइनः युवराज दुलाल

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् ।
रास्वपा सचेतक परियारको प्रश्न– सडकमा दुई–चारवटा गाडी तेर्स्याएर नेपाली मिडिया तर्सिन्छ र ?

रास्वपा सचेतक परियारको प्रश्न– सडकमा दुई–चारवटा गाडी तेर्स्याएर नेपाली मिडिया तर्सिन्छ र ?

हिजो केही सञ्चारगृहका गेटमा सवारी साधन तेर्स्याइएको प्रसंगमा उनले भने– ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने— सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले...