नेभिगेशन
समाज

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन काठमाडौँमा सुरु

काठमाडौँ । लघु, घरेलु तथा साना उद्यमीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनमा विगतका नीति, कार्ययोजना र कामको समीक्षा, सङ्गठनात्मक अप्ठयारा पहिचान, विधान संशोधन, बदलिँदो आर्थिक परिवेश र चुनौती समाधान गर्न भावी कार्यक्रम र रणनीतिक योजना तयसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजनिक–निजी साझेदारी ढाँचालाई मजबुद बनाउँदै रोजगारी सिर्जनामा सबैको ध्यान जानुपर्ने बताए। उनले स्थानीय आर्थिक विकासका लागि उद्यमीलाई प्रोत्साहन र परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गरे ।

Ncell
Extreme Energy

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले ३२ देखि ४० लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिँदै निजी क्षेत्रको मनोबल बढाउन सरकारको ध्यान जानुपर्ने बताए। सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र देशको  समृद्धि सम्भव रहेको उल्लेख गर्दै उनले उद्योगीको मुहारमा खुसी ल्याउन सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय स्रोतको उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको महासङ्घले जनाएको छ । २५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई घरेलु तथा साना र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ ।

आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार चालु आवको फागुनसम्म सात हजार ३६३ साना उद्योग र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन् ।
महासङ्घका अनुसार मुलुकभर नौ लाख ८४ हजार साना तथा मझौला उद्योग सञ्चालनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।