नेभिगेशन
समाज

कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो

काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ ।

यही असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो । छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नरिन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डरी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौती देखिने किसिमको रहेको बताए।

Ncell
Extreme Energy

उनले उक्त बजेट त्रुटीपूर्ण रहेको भन्दै बजेटलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा सरकारसँग ठूलो चुनौती रहेकाले सदनबाट त्रुटी सच्याउने प्रस्ताव ल्याउनु उचित विकल्प हुने धारणा राखेका थिए ।

उनले कार्यान्वयनमा जान नसक्ने बजेट जनताको हितमा काम हुन नसक्ने दाबी गरे। नेता आङ्बोले विकास, समृद्धि, रोजगार र उत्पादनसँगै जनताको आवश्यकता पूरा गर्न किसिमको बजेट आउनुपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य मीना श्रेष्ठ, सविना बजगाईं र सपना दर्जीले प्रदेशको मौजुदा समस्याका बारेमा आ–आफ्नो धारणा व्यक्त गरे । प्रदेशसभाको अर्को बैठक असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्ने उपसभामुख सृजना दनुवारले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै