नेभिगेशन
समाज

गाउँ देखि शहरसम्म विश्वकप फूटबलको माहोल, तर राष्ट्रिय रंगशालाको अवस्था दयनीय (तस्बिरहरु)

काठमाडौँ । विश्वभर अहिले फुटबल विश्वकपको माहोल तातेको छ। शहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक चोकमा फुटबलप्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन् ।

Dashrathstadium_NPL13-1783920683.jpg
तर, नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ । दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा समेत खिया लाग्न थालेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Dashrathstadium_NPL12-1783920682.jpg
नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ । गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन् ।

Ncell
Extreme Energy

Dashrathstadium_NPL10-1783920681.jpg
तर, रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत सम्भारको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भएकाले प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ । दशरथ रंगशालामा पछिल्लोपटक सन् २०२५ फेब्रुअरी २६ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यसयता यहाँ कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन ।

विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताDashrathstadium_NPL11-1783920682.jpg
नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Dashrathstadium_NPL9-1783920681.jpg

Dashrathstadium_NPL7-1783920680.jpg

Dashrathstadium_NPL8-1783920680.jpg

Dashrathstadium_NPL5-1783920679.jpg

Dashrathstadium_NPL1-1783920676.jpg

Dashrathstadium_NPL4-1783920678.jpg

Dashrathstadium_NPL3-1783920678.jpg

Dashrathstadium_NPL6-1783920679.jpg

Dashrathstadium_NPL2-1783920677.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिंक रोड (तस्बिरहरु)

सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिंक रोड (तस्बिरहरु)

सुरुङमार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारीसाधनको चाप न्यून हुँदा फराकिलो र सफा सडकमा दैनिक सयौं स्थानीय तथा विभिन्न क्षेत्रबाट आउने सर्वसाधारण शारीरिक व्यायाम र हिँडडुलका लागि पुग्ने गरेका...