नेभिगेशन
समाज

संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

काठमाडौँ । प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा प्रधानमन्त्री बालेन शाह आउलान् भनेर सांसदहरुले सोचेकै थिएनन् । किनभने यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्री बालेन गएकै थिएनन् । प्रधानमन्त्रीको उपस्थितिका लागि विपक्षी दलका सांसदहरुले सभामुखबाट ‘रुलिङ’ को माग गर्दा पनि उनीहरुको माग सम्बोधन भएको थिएन ।

अघिल्ला दिनहरुमा जस्तै आजको बैठक पनि सुरु भयो । सांसदहरुले आकस्मिक समयमा बोल्ने क्रम सकिइसकेको थियो र विशेष समय चलिरहेको थियो । राप्रपा सचेतक खुश्बु ओलीले बोलिरहेकी थिइन् । त्यही क्रममा बैठक कक्ष प्रवेश गरे– प्रधानमन्त्री बालेन र सँगै थिए सत्तारुढ दल रास्वपा सभापति रवि लामिछाने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

rabi-balen-1784016261.jpg
 

Ncell
Extreme Energy

प्रधानमन्त्री सदनको बैठकमा सहभागी नभएको भन्दै बारम्बार प्रश्न उठाउने विपक्षी दलका सांसदहरुले आज उनी प्रवेश गर्दैगर्दा पनि प्रश्न उठाए । एमाले सचेतक ऐन महरले त नियमापत्ति नै गरे । उनले भने– ‘अकस्मात सम्मानीय प्रधानमन्त्री सदनमा देखापर्नु भो, स्वागत गर्न चाहन्छु । तर, बिडम्बना के भने सभामुख महोदय नियमावली नियम २० को खण्ड ख को उल्लंघन गर्नुभयो।’ यो नियममा सभामुखको आसन र बैठकमा बोलिरहेका सदस्यहरुको अगाडिबाट हिँड्न नहुने उल्लेख छ । महरले यसमा रुलिङको समेत माग गरे ।

महरले ‘अकस्मात सम्मानीय प्रधानमन्त्री देखापर्नु भो’ भने झैं आज प्रधानमन्त्री बालेन अकस्मात रुपमा सदनमा पुगेका हुन् । उनलाई रास्वपा सभापति रवि लामिछानेले साथ दिए । सँगै संसद् भवन परिसर प्रवेश गरेका बालेन र रविले केहीबेर सभामुख डीपी अर्यालको कार्यकक्षमा विश्राम गरे । त्यहीँ सभामुख अर्याल, प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेका बीचमा कुराकानी पनि भयो ।

Prime-minister-Balen-at-Parliament,2083-03-30-Nepal-photo-library-11-1784021701.jpg
 

सभामुख, प्रधानमन्त्री र रास्वपा सभापतिबीच के विषयमा कुराकानी भयो त ? यसबारे मिडियाहरुले धेरैथरि अड्कालबाजी गरे । तर, सभामुख निकट स्रोतका अनुसार उनीहरुका बीचमा कुनै पनि ठोस मुद्दामा छलफल भएन । ‘करिव पाँच मिनेट उहाँहरुबीच सामान्य भेटघाट मात्रै भएको हो, ठोस विषयमा छलफल भएको होइन’ स्रोतले भन्यो ।

प्रधानमन्त्री ‘अकस्मात’ संसद् पुगेपछि केही बोल्छन् कि भन्ने कतिपयको अनुमान थियो । त्यो अनुमान सांसदहरुको पनि थियो । किनभने यसअघि जेठ १७ गते पनि प्रधानमन्त्री त्यसैगरी अकस्मात संसद् पुगेका थिए र हात उठाएर बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए । प्रधानमन्त्रीले समय माग गरेपछि सभामुखले समय दिएका थिए ।

जेठ १७ मै आकस्मिक रुपमा प्रधानमन्त्री र सांसदहरुका बीचमा प्रश्नोत्तर भएको थियो । सोही प्रश्नोत्तरका क्रममा सीमा समस्याका बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति ‘विवादित’ बनेको थियो ।

विपक्षी दलहरुले प्रधानमन्त्रीसँग हरेक दिन स्पष्टीकरण माग गरिरहेका छन् । बालेनले असार ७ गते चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सार्वजनिक रुपमा नै सीमाबारे आफ्नो बुझाइ र भनाइ स्पष्ट पारेका थिए ।

Prime-minister-Balen-at-Parliament,2083-03-30-Nepal-photo-library-05-1784021700.JPG
 

त्यतिबेला जस्तै आज पनि प्रधानमन्त्रीले बोल्ने हुन् कि अनुमान गरिनु नौलो होइन । ‘प्रधानमन्त्रीले आज पनि हात उठाएर बोल्न समय माग्नुहुन्छ कि भन्ने लागेको थियो’ एक सांसदले भने, ‘तर आज त्यसो भएन।’

दिउँसो १ बजेर ३७ मिनेटमा सँगै बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने करिव २० मिनेट बसे । त्यसपछि उनीहरु दुवै जना सँगै बाहिरिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...