नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रतिनिधि सभा बैठक सर्‍यो, प्रधानमन्त्रीले खटाए मन्त्री

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दुई घण्टाका लागि सरेको छ । 

सभामुख डोलप्रसाद अर्यालले बुधबार विहान ११ बजे तोकेको बैठक १ बजेका लागि सारिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'असार ३१ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएकाे प्रतिनिधि सभाको बैठक बिशेष कारण सम्माननीय सभामुखको निर्देशन अनुसार दिनकाे १ बजे बस्ने गरी समय परिवर्तन भएकाे बेहोरा जानकारीको लागि अनुराेध छ,' महासचिव पद्म प्रसाद पाण्डेयले भने । 

Ncell
Extreme Energy

आजको बैठकमा प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकेका छन् । 

मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । 

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले "अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ माथि बिचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

संसद सचिवालयकाअनुसार सन्धिमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची पनि छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै