नेभिगेशन
नेताका कुरा

मिडिया हाउसअगाडि गाडी राखेर राज्यले आफैं आतंकित बनाउन खोज्यो, कारवाही होस् : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् । 

बुधबार विहान फेसबुकमा स्टाटस लेख्दै सांसद झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने कार्यमा संलग्नलाई अनुसन्धान गरी कारवाही गर्न माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राज्यले नागरिकको चिन्ता निराकरण गर्नुपर्नेमा आफैं थप आतङ्कित बनाएर बचपना देखाएको टिप्पणी उनले गरेका छन् । यसैको लागि जेन जी आन्दोलनमा युवाहरुले शहादत प्राप्त गरेको हो भनी प्रश्न समेत उनले गरेका छन् ।  

Marvel
Extreme Energy

उनले लेखेका छन्, 'सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...
फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा पर्छ।
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात...