नेभिगेशन
समाज

संसदबाट निस्किने बेला प्रधानमन्त्री र पूर्वउपसभामुख जम्काभेट, ८० वर्षीय वृद्धको सन्देशले बालेन गम्भीर

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार प्रतिनिधि सभा बैठक चलिरहेकै बेला संसद भवन पुगे । त्यहाँ उनले सभापति रबि लामिछानेसँग भेट गरे । बैठकमा २० मिनेट बसेर बाहिरिए । बाहिरिने क्रममा ढोकामै पूर्वउपसभामुख इन्दिरा राना मगरसँग जम्काभेट भयो । बालेनले सोधे, के छ सञ्चै हुनुहुन्छ ? ठाडै शैलीमा बोल्ने इन्दिराले के हुनु, ठिकै छ भन्दै झापा क्षेत्र नम्बर २ का ८० वर्षीय वृद्धको पीडासहितको सन्देश सुनाइन् । साथमै थिइन् झापा १ बाट निर्वाचित सांसद निशा डाँगी । त्यसो त प्रधानमन्त्री शाह आफै झापा ५ बाट निर्वाचित सांसद हुन् । 

८० वर्षीय वृद्धले आफू गम्भीर विरामी परेको, हेरचाहका लागि छोरा आवश्यक परेको बेला शाखा अधिकृत रहेका छोरालाई बैतडी सरुवा गरिएको भन्दै इन्दिरासँग हारगुहार गरिरहेका छन् । '८० वर्षको वृद्ध बुवाले मेरो छोरालाई घरपायक गरिदिनुस् भनेर भनेको भन्यै हुनुहुन्छ । त्यही कुरा मैले प्रधानमन्त्रीज्यूलाई सुनाएको हो,' सांसद रानामगरले भनिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

८० वर्षका वयोवृद्ध बाबुका छोरा हुन् उत्तम कटुवाल । जो गृह मन्त्रालयका काम गर्थे । उनलाई अहिले जिल्ला प्रशासन कार्यालय बैतडी सरुवा गरिएको छ । सांसद रानामगरले कटुवालको घरायसी बाध्यताबारे गृहसचिवसँग पनि कुरा गरेकी थिइन् । तर उनले आफूले यो सम्बोधन गर्न नसक्ने र प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न भनेका थिए । सांसद रानामगर त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगिन् । जति बेला प्रधानमन्त्री संसदका लागि निस्किरहेका थिए । सांसद रानाले प्रधानमन्त्रीका स्वकीय सचिवलाई फोन गरेर भेट्न खोजिन् । तर स्वकीय सचिव सम्पर्कमा आएनन् ।

Ncell
Extreme Energy

उनी रित्तै हात संसद फर्किइन् । त्यही बेला बाहिरिरहेका प्रधानमन्त्री शाहसँग उनको ढोकामै जम्काभेट भयो । अनि प्रधानमन्त्रीले सोधिहाले, के छ दिदी खबर, सञ्चै हुनुहुन्छ । त्यसैबेला सांसद रानामगरले ८० वर्षीय वृद्धको पीडाको पोको फुकाउँदै प्रधानमन्त्रीसँग राखिन् । 

प्रधानमन्त्री शाहले आफूसँगै रहेका आफ्ना निजी सचिव सहसचिव प्रदीप परियारलाई 'दिदीको काम तुरुन्त गरिदिनु है' भनेर निर्देशन दिए । सांसद रानामगरले ८० वर्षीय विरामी वृद्धको समस्यालाई प्रधानमन्त्री शाहले गम्भीरतापूर्वक लिएर समाधानका लागि अग्रसरता लिएको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै